काठमाडौं । नेपाल सेवा लघुवित्तसँगको मर्जर पश्चात माघ ५ गतेदेखि सुचारु भएको विन नेपाल लघुवित्तको शेयरमूल्य निरन्तर उच्च दरमा बढ्दै आएको थियो । नेपाल सेवा र विन लघुवित्र १ बराबर शून्य दशमलव ७५ को अनुपातमा मर्ज भएका हुन ।
यस अघि नेपाल सेवा लघुवित्तको नाममा रहेको शेयर मर्जर पश्चात विन नेपाल लघुवित्तको नाममा कारोबार भएको हो । मर्जर पश्चातको पहिलो कारोबार दिनदेखिनै बढेको कम्पनीको शेयरमूल्य ११औं कारोबार दिनमा आएर भने सर्किट लेभलमा घटेको छ ।
आइतवार ११औं कारोबार दिनको दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९५ दशमलव ९० ले घटेर अन्तिम मूल्य रू. १ हजार ७६३ कायम भएको हो । मर्जर पश्चातको पहिलो कारोबार दिन अन्तिम मूल्य रू. ८३१ कायम भएको कम्पनीको शेयरमूल्य १०औं दिनसम्म रू. १ हजार ९५९ दशमलव २० कायम भएको थियो । यस अघि उच्च खरिद चाप रहेको कम्पनीको शेयरमा आइतवार भने उच्च विक्री चाप देखिएको थियो ।
यस दिन ११ कारोबार दिनमध्यकै सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । यस अघि माघ १७ गते कम्पनीको रू. १ करोड ३३ लाखभन्दा बढी रकमको शेयर कारोबार भएकोमा आइतवार रू. ३ करोड ७९ लाख १६ हजारभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस