aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल इन्भेष्टमेन्ट बैंकले सञ्चालनमा ल्यायो “NIBL गज्जब ६ मुद्दती खाता”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकले सञ्चालनमा ल्यायो “NIBL गज्जब ६ मुद्दती खाता”

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “NIBL गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त रहेको जनाएको हो ।   

यस मुद्दती खाताका विशेषताहरुमा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने रहेका छन् ।  

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस