काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि तलरता अभाव भोगिरहेका छन । तरलता अभावलाई बैंकरहरुले सरकारलाई र निक्षेपकर्तालाई मात्र दोष देखाइरहेका छन् । सरकारले खर्च नगर्दा बैंकहरुमा तरलता आएन भन्ने गुनासो वर्षौदेखि दोहोरीदै आएको छ । बैंकहरु आफैले आफ्नो बैंकले कति लगानी गर्ने भन्ने वार्षिक क्यालेन्डर बनाएका हुन्छन् तर, बैंक सञ्चालकहरुको महत्वकाक्षीका कारण वार्षिक क्यालेन्डर हरेक महिना जस्तो परिवर्तन गर्दै बैंकको व्यवस्थापनलाई दावाव दिने गरेका छन् ।
बैंकमा निक्षेप होस वा नहोस लगानी भने अनिवार्य गर्नै पर्ने बाध्यतामा बैंक व्यवस्थापन पक्षलाई सञ्चालकहरुले बनाइरहेका हुन्छन् । बैंक व्यवस्थापनले पनि सञ्चालकहरुको निर्देशनमा लगानी गर्दै जाँदा बैंकमा रहेको निक्षेपले धान्नेभन्दा बढी लगानी गरिसकेका हुन्छन् । बैंकहरुले सर्टटर्म लोन(ट्रेडिङ)मा ठूलो लगानी बढाएका कारणले तलरलतामा ठूलो दवाव परिरहेको नेपाल बैंक तथा वित्तीय परिसंघ(सिविफिन)ले गरेको अध्ययनले देखाएको छ ।
सिविफिनले गरेको अध्ययनले तरलता अभावमा सहकारीलाई पनि दोष देखाएको छ । सहकारीमा निक्षेप बढ्नुका कारण बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्तालाई दिइरहेको हैरानी पनि हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ता पाइसकेपछि दिने सेवाहरुमा कन्चुस्याइका कारणले धेरै निक्षेपकर्ता सहकारीमा गएका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेका निक्षेपकर्ताहरुलाई निक्षेप संकलन गर्ने बेलामा गरिएको विज्ञापनमा सानो अक्षरले सर्तहरु लागू हुनेछन भनेर लेखिएको हुन्छ । उक्त सर्तहरु भनेको निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरेपछि बल्ल लागू गर्न थालिन्छ र निक्षेपकर्ताहरुलाई आफ्नै पैसाका लागि बैंक दैनिक जसो धाउन पर्ने बाध्यता सृजना गरिन्छ ।
कति पय मुद्दी निक्षेपकर्ताहरुको रकम नै बैंकबाट गायव समेत भएका घटना छदैछन् । मुद्दीति निक्षेप राख्ने बेलामा ठूलो प्रलोभन देखाइएको हुन्छ र निक्षेप बैंकमा जम्मा भएपछि उक्त ग्राहकलाई वास्ता नै गरिदैन । केहि बैंकले त पाँच वर्षको निक्षेप राखेका एक निक्षेपकर्ताको दुई वर्षसम्म ब्याज नै हिसाव नगरि बैंकले पैसा चलाएको घटना समेत बाहिर आएको थियो ।
बैंकले आफ्ना ग्राहकलाई दिने सेवा सुविधामा फेरवदल नगरेसम्म बैंक प्रति आम मानिसको विस्वास बढ्ने देखिदैन । बैंकहरुले आफ्नो बैंकमा खाता खोलेका ग्राहकको खाताको सूचना बेला बेलामा अफड्ट गराउन पर्ने जिम्मेवारी समेत ठान्दैनन् र निक्षेपकर्ताले आफ्नो पैसा झिक्ने बेलामा बैंक खाता लक गरिएको पाउँछन् ।
स्रोत खुलेका रकम बैंकमा राख्न जाँदा समेत बैंकले धेरै झमेला दिने गरेको धेरै निक्षेपकर्ताहरुको गुनासो आउने गरेको छ । ठूलो व्यापारीहरुले भने करोडौ रकम एकै दिन राखे वा झिकेपनि बैंकले वास्ता नगरेका धेरै घटना नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धिकररण युनिटमा भेछिन्छन् र ती घटनाहरुमा बैंकहरुले सेटिङ गराएर त्यो व्यापारी वा राजनीतिज्ञको सम्पत्ति बैंकले नै शुद्धिकरण गरिदिन्छ ।
सिविफिनले आफ्नो अध्ययनमा बैंकिङमा क्रेडिट रिस्क, अपरेसनल रिस्क, मार्केट रिस्क (लिक्विडिटी, फरेन करेन्सी एक्सचेन्ज र प्राइसिङ) आदि जोखिम देखाएको छ । यो अधिकांश व्यवसायमा हुने जोखिम फरक भएजस्तै बैंकहरुमा ह्ुने जोखिम यी नै हुन ।
२ बर्षभन्दा बढीको मुद्दति निक्षेपमा करिव १० प्रतिशत रहेकोमा दीर्घकालिन कर्जा ३० प्रतिशतभन्दा पनि बढी रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ५९८ अर्ब रुपैंयाँ दीर्घकालिन कर्जा १ बर्ष वा सो भन्दा कम अबधिको निक्षेप वा बचत÷चल्ती निक्षेपबाट लगानी भएको देखिएका छ । सन् २०२० को तथ्यांक अनुसार दक्षिण एसियाका अन्य देशमा भने नेपालमा भन्दा धेरै निश्कृय कर्जा रहेको देखिन्छ । निष्कृय कर्जा कम देखिनु भनेको नेपालका ऋणीहरु बैंकप्रति जवाफदेयी रहेको देखाउछ । यस्तो माहामारीको अवस्थामा अधिकांश व्यवसाय ठप्प हुँदा पनि जम्मा कर्जामा निश्कृय कर्जाको अंशजम्मा १.३७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस