aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आरएमडिसी लघुवित्तको खुद नाफा यो वर्ष करिब ४७ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
आरएमडिसी लघुवित्तको खुद नाफा यो वर्ष करिब ४७ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १६ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएको हो ।

 यस वर्ष कम्पनीको सञ्चालन नाफा ४३ दशमलव २४ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. १६ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. ३० करोड ४९ लाखभन्दा बढी छ ।

२० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजार पु¥याएको कम्पनीको रिटेन्ड अर्निग सहित कुल जगेडा कोष रकम रू. १ अर्ब ९० करोडभन्दा बढी पुगेको छ । गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम ४ दशमलव ५२ प्रतिशत घटेको छ । गत असार मसान्तसम्म कुल जगेडा कोष रकम रू. १ अर्ब ९९ करोडभन्दा बढी थियो । 

कम्पनीले ६ महिनामा २३ दशमलव ४९ प्रतिशत बढी रू. २७ करोड ३६ लाख कर्जा सापटी लिएको छ भने आफ्ना सदस्यहरुलाई रू. २ करोड २२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको कर्जा प्रवाह १३३ दशमलव ९४ प्रतिशत बढी भएको हो । गत असार मसान्तसम्म कम्पनीले रू. ९५ लाखभन्दा बढी मात्र कर्जा प्रवाह गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २७ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २५३ छ ।
 

प्रतिक्रिया दिनुहोस