काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यंक अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप माघ १४ गतेदेखि २१ गतेसम्म ३ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ११ अर्बमा पुगेको हो । माघ १४ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप थियो ।
त्यस्तै, यस अवधिमा कर्जा लगानी भने एक अर्बले वृद्धि भएको देखिन्छ । संघको तथ्यांक अनुसार माघ २१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अघि माघ १४ गतेसम्म यस्तो कर्जा प्रवाह ४१ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस