aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आयात हुने ४७ मध्ये ४५ बस्तुमा सतप्रतिशत मार्जिन राख्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
आयात हुने ४७ मध्ये ४५ बस्तुमा सतप्रतिशत मार्जिन राख्न पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४७ बस्तुको आयातमा थप कडाइ गरेको छ । अधिकांश बस्तु आयात गर्दा सतप्रतिशत मार्जिन राख्न पर्ने व्यवस्था गर्दै आयात हुन बस्तुमा काडाइ गरेको हो । बुधबार राष्ट्र बैंकले  जारी गरेको सूचनामा ४७ मध्ये २ बस्तुको आयातमा मात्र ५० प्रतिशत मार्जित राख्नु पर्ने ब्यवस्था गरेको छ । बाकी ४५ बस्तुको आयातका लागि सत् प्रतिशत मार्जिनमा मात्र प्रतितपत्र खोल्न पाइने ब्यबस्था थरेको छ । 

४५ वटा बस्तु आयात गर्दा आयातकर्ता आफैले शतप्रतिशत पैसा आँफैले हाल्नु ब्यबस्था गर्दै राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बचत गर्ने योजना ल्याएको हो । मार्जिन रकम नगदका अतिरित्त चल्ती(बचत( कल निक्षेप खाता खर्च डेभिड गर्न पाइने व्यबस्था गरेको छ । त्यस्तै, उक्त रकम मार्जिनमा प्रयोग गरिसकेपछि भने बैंकले ब्याज दिन नपाइने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

त्यस्तै औषधि जन्य बस्तुको आयातमा भने यो नियम लागू नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै विदेशबाट आयात हुने बस्तु सतप्रतिशत विद्युतीय भएमा पनि यो व्यवस्था लागू नहुने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस