aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

फागुनदेखि बैंकको ब्याजदर वृद्धि हुने, नयाँ ब्याजदर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ माघ २०७८
फागुनदेखि बैंकको ब्याजदर वृद्धि हुने, नयाँ ब्याजदर कति ?

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले ब्याज बढाउन बैंकहरुलाई दबाव दिएका कारण ब्याजदर बढाएको नेपाल बैंकर्स संघले जनाएको छ । फागुन १ गतेदेखि ब्याजदर सीमाबाट १ प्रतिशत विन्दुले बढाएको हो । 

एक बैंकले भने, ‘ब्याज निर्धारणको जिम्मा बैंकहरुलाई नै दिइएको छ । यसैअनुसार ब्याजदर निर्धारण गरिएको हो ।’ संघको शुक्रबार बसेको  बैठकले फागुनका लागि बैंकहरुले फागुनदेखि लागू हुने ब्याजदर सार्वजनिक गर्ने छ ।

मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११.०३ प्रतिशत र संस्थागतमा त्यसको एक प्रतिशत कम १०.०३ प्रतिशत हुने छ । त्यस्तै, अधिकतम ब्याजको सीमा संघले फागुनका लागि तय गरेको छ।  यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत थियो । 

प्रतिक्रिया दिनुहोस