aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

तरलता अभाव समाधानका लागि पूर्व अर्थमन्त्रीहरुको सल्लाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ माघ २०७८
तरलता अभाव समाधानका लागि पूर्व अर्थमन्त्रीहरुको सल्लाह

काठमाडौं । पूर्व अर्थमन्त्री फोरमको बैंठक माघ २९ गते, शनिवारका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय, सुन्धारामा सम्पन्न भयो । उक्त बैंठकमा सहभागी पूर्व अर्थमन्त्रीज्यूहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए ।

पूर्व अर्थमन्त्री फोरमको बैंठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैंठक केन्द्रित रहेको थियो ।

साथै यस बैंठकमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा वृहत छलफल गरेको छ । 

उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डे, माननीय वर्षमान पुन र माननीय डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्य सचिव विमल केडियाले जानकारी गराए ।


 

प्रतिक्रिया दिनुहोस