aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटीजन्स बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ फागुन २०७८
सिटीजन्स बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले सोमवार एक सुचना जारी गर्दै संस्थापक शेयरधनी खेम राज नेपालको नामममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । 

शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतीको लागि निवेदन परेको छ । सो शेयर खरीद गर्न यस कम्पनीक हाल कायम रहेका संस्थापकहरुले यो सुचना प्रकाशित गरेको आजको मितीले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस