काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरबारे यथासिघ्र पुनरावलोकन गर्न माग गरेको छ । फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फीरुपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरि अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरम सम्बन्धित निकायसंघ अनुरोध गर्दछौं ।’
आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोबारवाला पदाधिकारीहरु तथा निकायहरु अझ गम्भिर हुन समेत फोरमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस