aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नयाँ प्रविधि विकासमा अब्बल बन्दै एनएमबि बैंक, रोबोटको सिस्टमबाट ऋण दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
नयाँ प्रविधि विकासमा अब्बल बन्दै एनएमबि बैंक, रोबोटको सिस्टमबाट ऋण दिँदै

काठमाडौं । कोरोना महामारीका कारण बैंक तथा वित्तीय क्षेत्रले नयाँ नयाँ प्रविधिको प्रयोग गरेर सेवा दिन थाले । कोरोना महामारी अघिसम्म प्रविधिमैत्री बैंकिङलाई सामान्य रुपमा हेरेका भएपनि बैंकहरुले धमाधम प्रविधिमा लगानी समेत बढाए । 

कोरोना महामारीमा विश्वभरीका वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई बैंकसम्म नआइकन कसरी वित्तीय सेवा दिन सकिन्छ भन्ने तर्फ लगानी बढाउँदै आए । सोहि अनुसार नेपालमा पनि धेरै वित्तीय संस्थाहरुले प्रविधिमा गएको दुई वर्षमा धेरै लगानी बढाए । त्यसमा अन्य बैंकले भन्दा एनएमबि बैंकले फरक प्रकृतिको बैंकिङ सेवाका लागि लगानी बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुनिल केसीले बताए ।   

उसो त धेरै बैंकहरूले बिस्तारै आफूलाई प्रविधिमैत्री बनाइराखेका थिए । कोरोनापछि झनै तीव्र रुपमा यसको प्रयोग गर्नुपर्ने आवश्यकता देखियो । बैंकका ग्राहकहरुलाई बैंकसम्म नआइकन नै मोबाइलबाटै खाता खोल्ने, कारोबार गर्न मिल्ने, डिम्याट, मेरो शेयर खाता घरबाटै बनाउन मिल्ने र सामान्य रकमसम्मको ऋण समेत अनलाइनबाटै लिन मिल्नेसम्मका प्रविधिमा बैंकहरुको ध्यान जान थाल्यो । 

पछिल्लो समय प्रयोगमा आइरहेको सेवाभन्दा भिन्न तरिकाले सेवा दिनुपर्ने बाध्यतालाई एनएमबि बैंकले पनि अब्बलता देखायो । नेपाल राष्ट्र बैंकले बायोमेट्रीक प्रविधि प्रयोग गरेर ग्राहकको खाता सञ्चालन गर्न पाइने व्यवस्था गरेपछि एनएमबि बैंकले यसलाई भरपूर सदूपयोग गर्दै अनलाइनबाट नो योअर कस्टोमर(केवाइसी) अपडेट गर्ने प्रविधिको विकास गर्यो । 

यससंगै भिडियो नो योर कस्टोमर(भीकेवाईसी) मार्फत ग्राहकलाई खाता खोल्न सहज बनायो । यो सुविधा लागू गर्ने नेपालकै पहिलो बैंक एनएमबी बैंक बन्यो । अनलाइनबाट खाता खोल्न सहज बनाउन एनएमबी बैंकले भिडियो कलमा आधारित रहेर खाता खोल्न मिल्ने सेवा शुरु गरेको हो । उक्त सेवा बैंकले २०७७ असोज ११ गतेदेखि सञ्चालनमा छ ।  
  
यसमा ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत अनलाइनबाट नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । यसका लागि एनएमबि बैंकको अनलाइन बैंकिङ वा बैंकको मोबालइल एपमा गएर फारम भर्ने र भिडियो केवाइसीका लागि बुक गर्ने र बैंकका कर्मचारीसँग प्रत्यक्ष रुपमा भिडियो कल गरेर आप्mना सम्पूर्ण विवरण राख्न सकिन्छ । यसका लागि बैंकको वेवसाइट वा मोबाइल एपको भीकेवाईसीको डिजिटल लिंकमा जानुपर्छ ।     

भिडियो कलबाटै आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अपडेट गराएर बैंक खाता खोल्न सकिन्छ । भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रहेर खाता खोली कारोबार गर्न सकिन्छ । यसको उद्देश्य भनेको विदेशमा बस्ने नेपालीहरुले कमाएको रकम सिधै बैंकिङ प्रणालीमा ल्याएर नेपालको तरलता अभावलाई सहजता बनाउनु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीको भनाई छ ।  
 
हालसम्म दुई हजार ५ सय ग्राहकहरू एनएमबीको भीकेवाईसीमा जोडिएका छन् । बैंकले भीकेवाईसीलाई सञ्चालनमा ल्याएसँगै विदेशबाट नेपाल भित्रने रकम बैंकिङ च्यानलमार्फत आउने एनएमबि बैंकको प्रयास रहेको प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए । 

भीकेवाईसी अहिले विश्वका ४० भन्दा बढी मुलुकहरूमा रहेका नेपालीहरूले प्रयोग गरिरहेको बैंकको दाबी छ । नेपालको बैंकिङ क्षेत्रमा यो सुविधा पछिल्लो समयमा एनएमबि बैंकले प्रयोग गरेका सेवाहरु निकै लोकप्रिय समेत बनेको छ । नेपालका बैंकिङ क्षेत्रमा यो नयाँ प्रविधिको प्रयोग गरेर अन्य बैंक तथा वित्तीय क्षेत्रलाई समेत यो प्रविधिमा आकर्षण गर्न एनएमबि बैंक सफल भएको छ ।   

अनलाइनबाटै रकम ट्रास्फर गर्न मिल्न नेपालमा धेरै प्रविधिहरु बनिसकेका छन् । तर, अनलाइनबाटै ऋण लिन मिल्ने र बैंकको खाता खोल्न मिल्न प्रविधि भने सबैले दिन सकेका छैनन् । सामान्य प्रविधि बनाएर यो सेवा दिन केहि झन्झटिलो थियो । यसलाई सहज गर्न एनएमबी बैंकले भिडियो कलमा आधारित रहेर खाता खोल्न मिल्ने सेवा शुरु गरेको हो ।  
 
बैंकले भीकेवाईसीलाई सञ्चालनमा ल्याएसँगै विदेशबाट नेपाल भित्रने रकम बैंकिङ च्यानलमार्फत आउने एनएमबि बैंकको प्रयास रहेको प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए । बैंकको कार्यालयमा नै नआएका रकमहरू अब आफू बसेकै ठाउँबाट बैंकमा खाता खोलेर रकम पठाउने सुविधा भएसँगै धेरै नै फाइदा पुग्ने बैंकका सिइओ केसी बताउँछन ।  

हालसम्म ४० भन्दा बढी मुलुकका नेपाली नागरिकले भीकेवाईसीमार्फत नेपालमा रकम भुक्तानी गर्न थालिसकेका छन् । यसले विदेशबाट नेपाल भित्रने रेमिट्यान्सलाई समेत बैंकिङ च्यानलमा ल्याउन सहयोग पु¥याउने बैंकको दाबी छ । 

एनएमबी बैंकले प्रविधिमा नेतृत्वदायी भूमिका खेलिरहेको छ । नेपालको बैंकिङ क्षेत्रमा भिडियो केवाईसीमार्फत खाता खोल्ने र कारोबार गर्न सक्ने सुविधा दिएर पनि बैंकले यसको पुष्टि गरेको छ । हाल यो प्रविधि मार्फत विश्वका धेरै देशहरुबाट हजारौं नेपालीले बैंक खाता खोलिसकेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार भिकेवाइसी मार्फत विदेशमा रहेका नेपालीहरुले खाता खोलेर आफूले कमाएको रकम सिधै खातामा राख्न पाएका छन् । 

एनएमबी बैंकले प्रविधिलाई नै प्रयोग गरेर बैंकमा खाता हुने कर्मचारीहरुले २ लाखसम्म विना धितो ऋण लिनका लागि अनलाइनबाटै निवेदन दिनसक्ने प्रविधिको विकास गरेको छ । जसमा हाल करिब २० करोड बराबरको ऋण समेत प्रवाह भएको सिइओ केसीले बताए ।  

बैंकका खातावालाको विगतको गुडविलका आधारमा उनीहरुले ऋण लिन पाउने आधार बैंकको एआइले नै तयार गर्छ र ग्राकहलाई एसएमएस पठाउँछ । यदि ग्राहकलाई ऋण आवश्यक रहेछ भने त्यहि एसएमएसमा क्लिक गर्ने अवसर पनि राखेको हुन्छ । 

उक्त अप्सनमा क्लिक गरेपछि ऋणका लागि फाइल तयार हुन्छ । उक्त फाइलमा ग्राहकले आफूले लिन सक्ने ऋणमा क्लिक मात्र गरिदिएपछि ऋण सदर हुन्छ । निरन्तर तीन महिनासम्म एनएमबि बैंकमा कर्मचारी खाता खोलेका ग्राहकले आफ्नो तलबको तीन गुणासम्म ऋण लिन पाइन्छ । बैंकले यो सेवामा धेरै ग्राहकको सन्तुष्टि पाइरहेकाले अब यो ऋण लिन पाउने रकमको सिमा समेत बढाउने योजनामा रहेको छ ।   

जुन रुटिन म्यानुअल खाले कामहरू (फर्म भर्ने लगायतका काम)लाई रोबोटले गर्न सक्छ । जससँग सम्बन्धित एप्लिकेशन प्रयोग गरेर कर्जा दिन सकिने नयाँ सेवा केही समयमा नै सार्वजनिक गर्दै गरेको बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै बैंकले नयाँ सेवा सार्वजनिक गर्ने बताएको छ । जसमा अब ठूलो ऋणीले समेत बैंकसम्म नपुगी नै आफ्ना ऋण लिने प्रक्रिया पुरा गराउने काममा लागेको छ । 
 
प्रविधिलाई आत्मसात् गर्दै नयाँ नयाँ सेवा दिँदै आएको एनएमबी बैंकले कर्जामा नयाँ प्रविधि भित्र्याउने तयारी गरेको छ । कर्जामा रोबोटिक प्रोसेस अटोमेसन प्रविधि जसमा बैंकमा कर्मचारी खाता भएका ग्राहकको खाताबाटै ऋणका लागि आर्टिफिसियल इन्टेलिसेन्स (एआइ)का आधारमा कर्जा स्विकृत  समेत गर्ने प्रविधिको निर्माण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस