aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् । बैंकले “सबैका लागि बैंक” भन्ने नाराका साथ २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस