aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एभरेष्ट बैंकको ऋणपत्रको बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ फागुन २०७८
एभरेष्ट बैंकको ऋणपत्रको बाँडफाँट

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्रको बाँडफाँट गरेको छ । कम्पनीले माघ ३ गते देखि १७ गते सम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक आवेदनहरुको प्रशोधन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र फागुन ३ गते बाँडफाँट गरेको जानकारी गराएको हो ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८ वर्ष अवधिको लागि वािर्षक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र प्रतिकित्ता रू. एक हजार अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १२ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री ग¥यो भने ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस