aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंक तथा वित्तीय प्रणालीमा राष्ट्र बैंकले ३० अर्ब पठाउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
बैंक तथा वित्तीय प्रणालीमा राष्ट्र बैंकले ३० अर्ब पठाउदै

काठमाडौं ।  बैंक तथा वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्मका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको हो। राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मका लागि ट्रेजरी बिल खरीद मार्फत  बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त तरलता उपलब्ध गराइदिन लागेको छ ।

बैंकहरुले ग्राहकलाई ऋण नदिइ खाली हात फर्काउन थालेपछि राष्ट्र बैंक अगाडि सरेर ३० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो। आउट राइट पर्चेजका लागि बैंकहरुले ब्याज बोलकबोल गरेर बिहीबार प्रतिस्पर्धा गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस