aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक्सेल डेभलपमेन्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
एक्सेल डेभलपमेन्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर फागुन ८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

 इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको  अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस