काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा झिनो सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार माघ २९ गतेदेखि फागुन ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । गत माघ २९ गते शनिबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन ६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, यस अवधिमा कर्जा प्रवाह पनि सामान्य बढेको देखिन्छ । गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार अर्ब रुपैयाँले बढेको छ । संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअघि माघ २९ गतेसम्म बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस