aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ फागुन २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो ।  

गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ र आजको यस शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरबाट गराइएको हो ।   

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । 

प्रतिक्रिया दिनुहोस