काठमाडौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा बृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको देखिन्छ ।
नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीका रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचतखाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस