aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ऋण लगानीमा झन कडाइ, शेयर, घरजग्गा र सवारी साधनमा ऋण पाउन गाह्रो (पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
ऋण लगानीमा झन कडाइ, शेयर, घरजग्गा र सवारी साधनमा ऋण पाउन गाह्रो (पूर्णपाठ)

काठमाडौं । शेयर बजार, घरजग्गा र सवारी साधनका लागि बैंक तथा वित्तीय संस्थाबाट पाउने ऋण नेपाल राष्ट्र बैंकले झन कडाइ गरेको छ । बुधबार राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको सर्कुलर जारी गर्दै कडाइ गरेको हो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो, सवारी कर्जा र घर जग्गा को जोखिम भारित औसत सीमालाई एक सयबाट बढाएर १५० प्रतिशत पुर्‍याएको छ । 

यसैगरी बैंक दर पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत पर्याइएको । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरमा पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा २ प्रतिशतले बढाएर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरमा पनि २ प्रतिशतले बढाएर ५.५ प्रतिशत कायम गरिएको छ ।

यस्तै २०८२ असार मसान्तसम्म जाने १० प्रतिशत उर्जा क्षेत्रमा जाने कर्जा अन्तर्गत २०७९ असार मसान्तमसम्म ६ प्रतिशत, २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०८१ असार मसान्तसम्म ८ प्रतिशत र २०८२ असार मसान्तसम्ममा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस