aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले फागुन ५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।

 यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन । गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेको कम्पनीहरुलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एक हुने बाटो खुला भएको छ ।

वोमी लघुवित्तको चुक्तापूँजी रू. ४९ करोड ४३ लाख ३३ हजार रहेको छ भने सूर्योदय लघुवित्तको रू. २९ करोड ७६ लाख ५१ हजार रहेको छ । यस वर्ष सूर्योदय लघुवित्त र वोमी लघुवित्तले एउटै अनुपात अर्थात २० प्रतिशत बोनस शेयर वितरण गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस