aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मितेरी डेभलपमेण्ट बैंकद्वारा बोनस शेयर वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
मितेरी डेभलपमेण्ट बैंकद्वारा बोनस शेयर वितरण

काठमाडौं  । मितेरी डेभलपमेण्ट बैंकले यस वर्षका लागि पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २८ गते १६औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  

कम्पनीले पुस १४ गतेसम्म आफ््नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको जानकारी दिएको हो । त्यसपछि शेयर अभौतिभीकरण गराउँने सदस्यहरुको हकमा क्रमश बोनस शेयर जम्मा गरिने समेत कम्पनीको भनाई छ । कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन् । 

यस वर्ष गत वर्षभन्दा कम्पनीले १ दशमलव ७९ प्रतिशत कम लाभांश वितरण गरेको हो । गत वर्र्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्र्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस