काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्षको १० दशमलव ९३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले मंसिर २९ गतेको १३औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६३ हजारको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
बोनससँगै कर प्रयोजनका लागि नगद लाभांश समेत रहेकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन् । फागुन ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनस शेयर कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
मंसिर १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको कम्पनीले त्यसपछि शेयर अभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमश जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस