aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रभु बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
प्रभु बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर

काठमाडौं । प्रभु बैंक लिमिटेडले यस वर्षको १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले पुस १८ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गरेको हो । 

बैंकले पुस ४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जानकारी दिएको छ । त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश बोनस शेयर जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।  

फागुन १२ गते बैंकले १२ प्रतिशत बोनस वापतको शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो । बैंकले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश समेत दिएकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन । बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस