aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनआइसि बैंकको एटिएम फोर्दै गरेको अवस्थामा एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
एनआइसि बैंकको एटिएम फोर्दै गरेको अवस्थामा एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस