aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीमा पानी तथा जुस वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीमा पानी तथा जुस वितरण

काठमाडौं । महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा आएका भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ । यसै गरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ । उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खट्नु भएको छ । 

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 
 

प्रतिक्रिया दिनुहोस