काठमाडौं । बैंकले नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ । राष्ट्र बैंकले नबिललाई आगामी ६ महिनाभित्र प्राप्ती प्रकृया सम्पन्न गरी एकिकृत कारोबारका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुने बाटो खुला भएको हो । गत पुस २९ गते नबिल बैंक र नेपाल बंगलादेश बैंकविच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता शेयर कायम रहने गरी यी दुई कम्पनी प्राप्ती प्रकृयामा जान लागेका हुन ।
प्रारम्भिक सम्झौताका क्रममा नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी रू. २२ अर्ब ५० करोड, कर्जा रकम रू. ३ खर्ब र निक्षेप संकलन रू. ३ खर्ब १४ अर्ब हुने जानकारी दिएको थियो । एकिकृत कारोबारपश्चात बैंको शाखा संख्या २५३ र ग्राहकको संख्या १६ लाख माथि पुग्ने जानकारी पनि बैंकले दिएको थियो ।
प्रतिक्रिया दिनुहोस