aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महाशिवरात्रिको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा शिविर संचालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ फागुन २०७८
महाशिवरात्रिको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा शिविर संचालन

काठमाडौं । विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोहि कार्यलाई निरन्तरता दिदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ । 

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा पाल्नुभएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर मन्दिर दर्शन गर्न  पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए । महाशिवरात्रिमा केदारेश्वर मन्दिर पालेका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानी वितरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप वेस ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरीसकेको छ । 

समग्रमा चिप वेस ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले अपिल गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस