काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर फागुन १९ गतेदेखि लिलामीमा आएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर फरक फरक मूल्यमा विक्री गर्न लागेको हो ।
प्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको १ लाख कित्ता शेयर प्रतिकित्ता रू. २७० र सोही कम्पनीको नाममा रहेको ५० हजार कित्ता शेयर रू. २५० मूल्यमा विक्री गरिने उल्लेख छ । त्यस्तै कुल कित्तामध्यकै प्रतिमा अयालको नाममा रहेको ४५ हजार ९९१ कित्ता भने प्रतिकित्ता रू. २७० मा विक्री खुला भएको छ ।
अर्का सदस्य धन बहादुर कार्कीले भने ३ हजार २४३ कित्ता शेयर प्रतिकित्ता रू. २०० का दरले विक्री गर्न चाहेका छन् । यी सदस्यहरुले तोके बमोजिमको मूल्य वा सोभन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल ११, कालिकानगर, रुपन्देहीमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस