aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिद्धार्थ बैंकले वितरण गर्याे यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ फागुन २०७८
सिद्धार्थ बैंकले वितरण गर्याे यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १४ दशमलव २५ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस ३० गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य बनाएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

फागुन १५ गते दोस्रो बजारमा सूचीकृत गरिएको उक्त बोनस शेयर सोही दिनदेखि हितग्राही खातामा जम्मा गरिएको जानकारी बैंकले दिएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनस शेयर पाएका हुन । पुस १८ गते अघिका तीन दिन भने धितोपत्र दोस्रो बजारमा कारोबार भएको थिएन । 

बैंकले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले बोनस शेयर वापतको कर रकम तिर्नुपर्नेछैन । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस