aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा ५०० बराबरको शपिङ्ग भाउचर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा ५०० बराबरको शपिङ्ग भाउचर

काठमाडौं । बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गरेका छन । 

सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा ३०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको रु २०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि रु एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको रु ५०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्ने फाइनान्सले जनाएको छ । 

समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताउनु भएको छ । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गर्नुभएको छ ।

उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएको र समृद्धि फाइनान्स र बिजबजारले सहकार्य गरि दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस