aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक हप्तामै वाणिज्य बैंकको निक्षेप ११ अर्बले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
एक हप्तामै वाणिज्य बैंकको निक्षेप ११ अर्बले बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।

फागुन १३ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन २० गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।  

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर फागुन २० गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो ।        
 

प्रतिक्रिया दिनुहोस