aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

काठमाडौं । नेपाल बैंकले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको ५ ।

मासिक न्युनतम २५ हजार रुपैयाँ  र सोहि गुणाङकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सुविधाहरु रहेको छ । १० हजार बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । 

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा जनशक्ति र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गईरहेको छ । 

प्रतिक्रिया दिनुहोस