aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्राइम कर्मशियल बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
प्राइम कर्मशियल बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेडले रू. २ अर्ब ५० करोड बरावरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट फागुन २३ गते अनुमति पाएको हो । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

कम्पनीले कुल २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस