aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंकका कर्मचारीहरु र ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा बिशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
नेपाल बैंकका कर्मचारीहरु र ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा बिशेष छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पताल बीच फाल्गुण २० गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट पाउने भएका हुन । यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ । 

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे ।

 त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गण्डकी प्रदेश अन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गरेका थिए । 

उक्त कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र चरक मेमोरिय अस्पतालका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस