aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपाल पे क्युआर बीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ फागुन २०७८
सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपाल पे क्युआर बीच सहकार्य

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्गमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्  । 

बैंकले नेपाल पे क्युआर को क्युआर आधारित कारोबारका लागि एनसीएचएल सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस