aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कृषि विकास बैंकमा ठूलो संख्यामा कर्मचारी बढुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ फागुन २०७८
कृषि विकास बैंकमा ठूलो संख्यामा कर्मचारी बढुवा

काठमाडौं । कृषि विकास बैंकले अधिकृत स्तरदेखि सहायक स्तरका कर्मचारीहरूको बढुवा गरेको छ । बैंकले लामा सयमदेखि बढुवा हुन बाँकी रहेका कर्मचारीको बढुवा गरेको जनाएको छ । 

बैंकले अधिकृत स्तरका दशौं तहका ६ जना र ९ औं तहका ५१ जनाको बढुवा गरेको छ । त्यस्तै, नौं तह अधिकृत प्राविधि तर्फका १० जनाको बढुवा गरेको छ भने अधिकृत सातौ तहका ४६ जना सातौ तह प्रविधिक ४ जना कर्मचारी बढुवा गरेको बैंकले जनाएको छ । 

त्यस्तै, सहयक स्तर पाचौ तहका ९७ जना कर्मचारीको बढुवा गरेको बैंकले जनाएको छ । कार्यक्षमता मूल्यांकनद्वारा पदोन्नति गरिएको बैंकले शनिवार सूचना जारी गर्दै जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस