aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरि सम्झौता भएको हो । 

यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका हुन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पिओएस तथा क्युआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।  

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस