aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपालपे क्युआरबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपालपे क्युआरबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक नेपालपे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

बैंकले नेपाल पे क्युआरको आधारित कारोबारका लागि NCHL सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।  

सानिमा बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा एटिएम संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस