काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
लालपूर्जामन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसएिको भन्दै अबको एकवर्ष भित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरि कामलाइ तिब्र पारिएको बताइन ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन ।
मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघी बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताइन । मन्त्री श्रेष्ठले भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।
प्रतिक्रिया दिनुहोस