aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एमालेको दाबीः दुरुस्तै छोडेको अर्थतन्त्र भत्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ बैशाख २०७९
एमालेको दाबीः दुरुस्तै छोडेको अर्थतन्त्र भत्कियो

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।  

उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् सार्वजनिक घोषणा पत्रमा आफ्नो नेतृत्वमा दुरुस्तै छोडेको अर्थतन्त्र भत्काईएको उल्लेख गरिएको छ । 

उक्त घोषणा पत्रमा भनिएको छ– हाम्रो नेतृत्वको सरकारले दुरुस्तै छोडेको अर्थतन्त्र भत्किएको छ । मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्बर भएको छ । बजार अनुगमन नहुँदा जथाभावी मूल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम तीव्र भएको छ ।’ 

बैंकिङ प्रणालीबाट बाहिरिएको रकम बैंकमा फर्कन सकेको छैन । बैंकमा लगानीयोग्य रकमको चरम अभाव छ । तरलताको संकट भयावह हुँदैछ । सरकार यसको कारण खोज्न होइन, अरुमाथी दोष थुपारेर उम्कन खोजिरहेको घोषणापत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस