aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हामीलाई निर्वाचन जित्न असहज छैनः प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
हामीलाई निर्वाचन जित्न असहज छैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको उनको भनाई छ । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, “निर्वाचन जित्न असहज छैन ।” 

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले आज त्यहाँ चुनावी सभा आयोजना गर्दैछ । सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस