aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पोखरामा प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
पोखरामा प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने भएका छन् । पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस  कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले र्यालीको तयारी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस