काठमाडौं । निर्वाचन आयोगले मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको जनाउँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगमा राणाको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत र करदाताको गम्भीर अपमान हुने खालको भएकाले कारवाहीको मागसहित दर्ता भएको उजुरीका आधारमा बुधबार स्पष्टीकरण सोधेको हो । राणाविरुद्ध नेपाली काँग्रेस (बीपी) ले पनि उजुरी दिएको थिए ।
सो उजुरीमा राणाले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको रखगठबन्धनका उम्मेदवारलाई जिताएमा प्रत्येक वडाबाट चार पाँच जनाका दरले निःशुल्करूपमा प्रवेशाज्ञा र टिकटको व्यवस्था गरी मलेसियामा वैदेशिक रोजगारीका लागि पठाउने भनी प्रलोभन दिइएको उल्लेख छ ।
नेपालको संविधानको धारा ४८, नागरिक कर्तव्य अन्तर्गत खण्ड (ख) मा संविधान र कानूनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने व्यवस्था उल्लेख छ । हरेक राजनीतिक दल, यसका नेता तथा कार्यकर्ता र नागरिकको व्यवहार तथा अभिव्यक्ति संविधान र प्रचलित कानून सम्मत हुनुपर्छ भन्नेमा कुनै दुविधा हुन सक्दैन ।’ आयोगले पठाएको पत्रमा भनिएको छ ।
संघीय सरकारबाट स्थानीय तहहरूलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानून बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने’ समेतका कार्य नेपालको संविधानको धारा २५० बमोजिमको प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकारमा पर्ने हुँदा यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ, छैन ?
तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ? तपाईंले नेपाली काँग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ?’
प्रतिक्रिया दिनुहोस