चामे । नेपाली काग्रेसले पनि मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय निर्वाचनमा जितको खाता खोलेको छ । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा बिजयी भएर काँग्रेसले स्थानीय निर्वाचन २०७९मा खाता खोलेको हो ।
शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् । निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस