aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैतडीमा एमाले विजयी, भक्तपुरको सूर्यविनायकमा पनि एमालेकै अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
बैतडीमा एमाले विजयी, भक्तपुरको सूर्यविनायकमा पनि एमालेकै अग्रता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन्  । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपत्यकाभित्रै भक्तपुरको सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता देखिएको छ । सुर्यविनायक नगरपालिका मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत मात्र पाएका छन् ।  राप्रपाका श्यामकृष्ण खड्काले ७० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस