aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जनकपुर उपमहानगरमा स्वतन्त्र र अन्यबीच मतान्तर फराकिलो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
जनकपुर उपमहानगरमा स्वतन्त्र र अन्यबीच मतान्तर फराकिलो हुँदै

जनकपुर । जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् । 

तेस्रो मत पनि स्वतन्त्र उम्मेदवारले ७५ र लोसपाका उम्मेदवारले ५७  तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।  उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस