काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका छन ।
भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।
त्यस्तै, उम्मेदवारी दर्तादेखि नै चर्चामा रहेको काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन् ।
त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । त्यस्तै,धनगढी उपमहानगरपालिकाको ४०० मतगणना हुँदा मेयर पदमा गोपाल हमाल (स्वतन्त्र) १८०, नृपबहादुर वड (गठबन्धन कांग्रेस) ११८, रणबहादुर चन्द (एमाले) २० पाएका छन् । बुटवल वडा नं १ मा पनि स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।
त्यस्तै, जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो मत पनि स्वतन्त्र उम्मेदवारले ७५ र लोसपाका उम्मेदवारले ५७ तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् । उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस