aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा कांग्रेसको प्यानल विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा कांग्रेसको प्यानल विजयी

विर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसले वडाध्यक्ष  सहित प्यानलनै जितेको छ । नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा उठेका टेक बहादुर राजवंशी निर्वाचित भएका हुन ।

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका थिए । त्यस्तै, वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन ।
 

प्रतिक्रिया दिनुहोस