काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता कायम राखेका छन् । नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् । काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।
उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझाले ३५ मतमा सीमित बनेको छ ।
प्रतिक्रिया दिनुहोस