aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनलाई आग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनलाई आग्रता

भरतपुर  । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन । तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।

दाहालले ११६ मत प्राप्त गरेकी छिन । नेकपा (एमाले)का बिजय सुवेदीले ११० मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन । 

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाएका छन । उनको प्रतिस्पर्धी नेकपा ९एमाले० सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएका छन । यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गरेका छन ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस